kumari
stcnepal

गण्डकी प्रदेशकाे आर्थिक बर्ष २०८१/०८२ काे बजेट ३२ अर्ब ९६ कराेड

पाेखरा । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ काे लागि ३२ अर्ब ९६ कराेड ८५ लाख बजेट ल्याएकाे छ । आर्थिक मामिला मन्त्री टकराज गुरूङले चालुतर्फ १३ अर्ब १६ कराेड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ कराेड कराेड बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराए ।

बजेटको यो आकार चालु आर्थिक वर्षकाे भन्दा ८५ कराेडले कम बजेट ल्याए । आर्थिक वर्ष २०८०/०८१ को बजेट ३३ अर्ब ८२ कराेड थियाे । गण्डकी प्रदेशले पर्यटन, कृषि, खानेपानीमा जाेड दिए पनि पूर्वाधारमै ठूलाे बजेट छुट्याएकाे छ । व्यावसायिक कृषि र यसकाे रूपान्तरण गर्दै उत्पादन र राेजगारमा जाेड दिएका छन् । कृषि कर्जामा जाेड दिँदै गाँजा खेतीकाे कानुनी बाटाे खाेल्ने गुरूङले बताए । १२ अर्ब ७० कराेड रूपैयाँ भाैतिक पूर्वाधार क्षेत्रमा बिनियाेजन भएकाे छ ।

गण्डकीमा खाद्यान्य उत्पादन वृद्धि गर्न १२ कराेड रूपैयाँ छुट्याएकाे गुरूङले बताए । मन्त्री गुरूङले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि २ अर्ब ९ कराेड रूपैयाँ विनियाेजन गरेकाे सुनाए । पाेखरालाई पर्यटकीय राजधानीकाे रूपमा केन्द्रमा राखेर ग्रामीण पर्यटन, हाेमस्टेकाे विकास र ११ वटै जिल्लामा विशेष कार्यक्रम गर्ने उनले बताए । सामाजिक क्षेत्रका लागि २ अर्ब ९ कराेड रूपैयाँ विनियाेजन भएकाे छ । आगामी वर्ष गण्डकी प्रदेश सभाकाे भवन पनि निर्माण सुरु हुने भएको छ । त्यसका लागि ९ कराेड रूपैयाँ विनियाेजन भएकाे छ ।

आगामी वर्ष उज्यालाे प्रदेश घाेषणा गर्ने अर्थमन्त्री गुरूङले बताए । कम्तीमा ७० प्रतिशत घरमा खानपानी धारा जडान गर्न ८ कराेड रूपैयाँ छुट्याइएकाे छ । ४ अर्ब रूपैयाँ ऊर्जाकाे क्षेत्रमा छुट्याएकाे अर्थमन्त्री गुरूङले सुनाए ।

footer