kumari
stcnepal

पोखरामा पृथ्वीनारायण शाहको शालिक बनाउन गण्डकी सरकारले बजेट बिनियोजन गर्यो

पोखरा। गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरिएको छ । अर्थमन्त्री डा. टकराज गुरुङले प्रदेश सभामा ३२ अर्ब ९७ करोड बजेट सार्वजनिक गर्नुभएको हो । उहाँले चालूतर्फ १३ अर्ब १६ करोड अर्थात् ३९ प्रतिशत छ भने पुँजीगततर्फ १९ अर्ब ५१ करोड अर्थात ५९ प्रतिशत बजेट विनियोजन गर्नुभएको छ ।

बजेटमा सरकारलाई विश्वासको मत दिएर सरकार बाहिर बसेको राप्रपालाई खुशी बनाउने प्रयास गरिएको छ । बजेटमा पोखराको पृथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुनः ठड्याउने घोषणा गरिएको छ । अर्थमन्त्री गुरुङले पृथ्वीचोकमा शालीक निर्माण गर्ने र त्यसका लागि बजेट विनियोजन गर्ने घोषणा गर्नुभएको छ ।

पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायणको शालिक मजदुर आन्दोलनको क्रममा फालिएपछि राप्रपाले त्यहाँ पटक–पटक शालिक स्थापनाको माग गर्दै आइरहेको थियो ।

footer