kumari
stcnepal

टि-२० आईमा छिटो शतक बनाउने साहिल चौहान, २७ बलमै बनाए शतक

काठमाडौं । एस्टोनियाका खेलाडी साहिल चौहानले टी-२० आईमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमानी आफ्नो नाममा बनाएका छन् ।

उनले साइप्रस विरुद्ध २७ बलमा शतक पूरा गर्दै सबैभन्दा छिटो शतकको कीर्तिमानी आफ्नो नाममा बनाएका हुन् । साइप्रस विरुद्ध साहिल ४१ बलमा ६ चौका र १८ छक्कासहित १४४ रनमा अविजित रहे । उक्त खेलमा एस्टोनिया ६ विकेटले विजयी भएको थियो ।

यसअघि उक्त कीर्तिमान नामिबियाका लोफ्टी इटनको नाममा थियो । उनले गत फेब्रुअरीमा किर्तिपुरमा नेपालविरुद्ध ३३ बलमा शतक पूरा गर्दै नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान तोडेका थिए ।

footer