kumari
stcnepal

आईसीसी टी-२० विश्वकप : अफगानिस्तानलाई २१९ रनको लक्ष्य

काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य दिएको छ । वेस्टइन्डिज र अफगानिस्तान दुवै जारी विश्वकपको सुपर आठमा प्रवेश गरिसकेका छन् ।

टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा ५ विकेट गुमाएर २१८ रन बनायो ।जोनसन चार्लेस २७ बलमा ४३ रन बनाएर आउट भए । एक छेउमा पुरन रहे पनि क्रिजमा आएका साइ होपले १७ बलमा २५ रन बनाएर आउट हुँदा कप्तान रोभमन पावेलले १५ बलमा २६ रन बनाए । पाँचौँ विकेटको रूपमा निकोलस पुरन आउट भएका थिए । उनले ५३ बलमा ८ छक्का र ६ चौकाको मद्दतले ९८ रन बनाएर रनआउट भए ।

अफगानिस्तानका गुलावद्दिन नइबले २ विकेट लँदा अज्मतुल्लाह ओमरजाई र नभिन उल हकले एक एक विकेट लिए । विश्वकपमा वेस्टइन्डिले बनाएको २१९ रन नै सर्वाधिक धेरै रन हो ।

footer