kumari
stcnepal

संसदका कर्मचारीले कानून अनुसारको भत्ता पाउनु पर्दछ : सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद सचिवालयका कर्मचारीले ओभरटाइम काम गरेको सेवा सुविधा कानूनअनुसार पाउनुपर्ने बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले संसदका कर्मचारीले कोभिडपछिको कुनै पनि भत्ता नपाउनु अन्याय भएको बताए । साथै उनले सभामुखलाई सहयोग गर्नुपर्ने कर्मचारी बाहिर धर्नामा बस्नु सुखद् नभएको बताए ।

‘संसदका कर्मचारीले कोभिडपछिको कुनै पनि भत्ता पाउनुभएको छैन । उहाँहरूले ओभरटाइम काम गरेको भत्ता अहिलेसम्म पनि नपाउने भन्ने त अन्याय हो नि ! अर्थमन्त्रालय र अन्तका कर्मचारीले पाउने, अनि संसदका कर्मचारीले चाहिँ किन नपाउने ?’, उनले प्रश्न गर्दै भने, ‘आज यहाँ देखिरहेका छौं सभामुखलाई सहयोग गर्न बस्ने कर्मचारीहरु हुनुहुन्न । उहाँहरू बाहिर धर्नामा हुनुहुन्छ । संसद्मा यो दृष्य उपस्थित हुनु आफैंमा दुखद् कुरा हो ।’

 

footer