kumari
stcnepal

भारतद्वारा अफगानिस्तान ४७ रनले पराजित

ब्रिजटाउन । जसप्रित बुमराहको घातक बलिङ र सूर्यकुमार यादवको शानदार अर्धशतकको मद्दतले भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ । भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमात्र बनाउन सक्यो ।

योसँगै भारतले प्रतियोगितामा अपराजित यात्रा जारी राखेको छ । टी–२० मा भारतले अफगानिस्तानविरुद्धको शतप्रतिशत रेकर्ड पनि कायम राख्न सफल भएको छ । अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । २० बलमा उनले २ चौका र १ छक्का प्रहार गरे ।

भारतका लागि जसप्रित बुमराहले ४ ओभर बलिङ गर्दै १ मेडेन राखेर मात्र ७ रन खर्चँदै ३ विकेट लिए । अर्शदीप सिंहले पनि ३ विकेट हासिल गरे । उनले ४ ओभरमा ३६ रन खर्चिए । कुल्दीप यादवले २ तथा रवीन्द्र जडेजाले १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो ।

footer