kumari
stcnepal

राजनीतिक दवावकै कारण भ्रष्टाचारीहरु पक्राउ नपर्ने

 

काठमाडौ । नेपाली कांग्रेसले जतिसुकै ठुला कुरा गरेर भ्रष्टाचारको विरोध गरेपनि पछिल्लो समयमा ऊ भ्रष्टाचारीहरुलाई नै बचाउन लागि परेको रहस्य खुलेको छ । नेपाल बाल मन्दिरको जग्गा काण्डमा नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहकी दिदी रिता सिंह बैद्य मुछिएपछि उनीसहित केही व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौबाट अनुमति लिएको भएपनि पछिल्लो समयमा प्रहरी नै अलमलमा परेको छ । केही दिन पहिला बालमन्दिरका पूर्व उपाध्यक्ष तुल्सी नारायण श्रेष्ठलाई पक्राउ गरेको भएपनि उनलाई समेत सामान्य सोधपुछ गरेर हाजिरी जमानीमा रिहा गरेको छ । प्रहरीले पक्राउ पुर्जी लिँदा निधन भएका व्यक्तिहरुलाई समेत समावेश गरेको थियो ।
रिता सिंह बैद्य बालमन्दिरको अध्यक्ष पदमा करिब २७ वर्षसम्म रहेकी थिइन् । उनैले बालमन्दिरको जग्गा मारबाडी ग्रुपको विशाल ग्रुप माताहतको बृहस्पति सनदलाई लिजमा दिँदा ठुलो मात्रामा आर्थिक हानी नोक्सानी गरेकी थिइन् । विशाल ग्रुप जो सत्तामा आएपनि चलखेल गरी आफ्नो स्वार्थ पूरा गर्ने मारवाडी समूहमा पर्दछ । बालमन्दिरकी पूर्व अध्यक्ष सिंह सहित २० जनालाई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गराएपनि नेपाल प्रहरी र सिआइबी अहिले चुपचाप रहेको छ ।
पूर्व अध्यक्ष समेतले सरकारी जग्गा लिजमा दिँदा ठुलो आर्थिक घोटला गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भएप्नि अख्तियारले पूर्व अध्यक्ष सिंहसँग बयान सम्म लिन सकेको छैन । त्यसैले भनिन्छ सानालाई ऐन ठुलालाई चैन भनेर भन्ने चर्चा समेत चल्ने गरेको छ । भ्रष्टाचारमा जोसुकै संलग्न भएको भएपनि उनीहरुमाथि कानुनी कारबाही हुन नसकेको हुनाले नै भ्रष्टाचारीहरु मोटाउँदै गएका छन् भने उनीहरुको प्रभाव राजनीतिक दलहरुमा समेत भएकाले गर्दा दलहरुकै बचाउँमा भ्रष्टाचारीहरु पक्राउ पर्न सकेका छैनन् साना माछालाई पक्राउ गरेर केही लाख विगो भराउने भन्दा ठुला माछालाई पक्राउ गरेर अबौँ विगो भराउन उपर्युक्त हुनेछ ।

footer