kumari
stcnepal

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ। न्यायाधीशद्धय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दामा शुक्रबार बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ। सर्वोच्चले अर्को पेशी असार १६ गतेका लागि तोकेको छ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा शुक्रबार रिट निवेदक र सरकारी वकिलको मात्र बहस सकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । लामिछानेका तर्फबाट बहसका लागि समय नपुगेको र जवाफ पनि बाँकी रहेकाले अर्को दिन असार १६ गते पेशी तोकिएको सर्वोच्चका प्रवक्ता गोविन्द घिमिरेले बताए ।

footer