kumari
stcnepal

टी-२० विश्वकप : अफगानिस्तानको अष्ट्रेलिया माथि सानदान जित

काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सानदार जित हात पारेको छ ।

अफगानिस्तानले दिएको १४९ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो । अष्ट्रेलियासँग भएका ६ अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानको यो पहिलो जित हो । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

अष्ट्रेलियालाई अलआउट गर्न अफगानिस्तानका गुलबदिन नाबीले ४ र नवी उल हकले ३ विकेट लिए । मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाउँदै ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानको अर्धशतक मद्दतमा १४८ रन बनाएको थियो । गुर्बाजले ६० र जद्रानले ५१ रन बनाएर आउट भए ।  अष्ट्रेलियाका प्याट कमिन्सले तीन, एडम जाम्पाले दुई तथा मार्कस स्टोनिसले एक विकेट लिए ।

 

 

footer