kumari
stcnepal

प्रतिनिधिसभा बाट आज बजेट पारित गरिने

सरकारले आजको प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षका लागि जेठ १५ मा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) पारित गर्ने तयारी गरेको छ । यसअघि असार ७ मै विधेयक पास गर्ने भनिएपनि संसदभित्र कर्मचारीको आन्दोलनलगायतका कारणले पारितमा ढिलाइ भएको थियो ।

तर, आइतबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । बजेट पास गर्ने कार्यसूची सँगै आजको बैठकमा ‘‘आर्थिक विधेयक २०८१ माथि विचार गरियोस्’’, ‘‘राष्ट्र ऋण उठाउने विधेयक २०८१ माथि विचार गरियोस्’’ र ‘‘भन्सार महशुल सम्बन्धि विधेयक २०८१ माथि विचार गरियोस्’’ भन्ने तीन ओटा विधेयक बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस अघि आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची समेत छ । यसैबीच बजेट पास हुने दिन सबै सांसदलाई सदनमा उपस्थित हुन कांग्रेसले ह्वीप जारी गरेको छ ।

footer