kumari
stcnepal

अब को बन्लान मुख्यसचिव ?

मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएपछि नेपालको निजामती प्रशासनको नेतृत्व अब कसले पाउला? सिंहदरबारमा लेखाजोखा सुरु भइसकेको छ। वरीयताक्रम हेर्दा तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, टेकनारायण पाण्डे, मधुकुमार मरासिनी, एकनारायण अर्याल सबैभन्दा अगाडि छन्। ज्ञवाली हाल राष्ट्रिय योजना आयोगमा छन् भने सुवेदी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छन्।

दिनेश भट्टराई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा छन् भने मधुकुमार मरासिनी हालै अर्थमा फर्किएका छन्। एकनारायण अर्याल गृह प्रशासनको नेतृत्व गरिरहेका छन्। अहिले मुख्य प्रतिस्पर्धा भने सुवेदी र अर्यालका बीचमा हुने ठानिएको छ। यी दुवै उम्मेदवार हालको सत्ता गठबन्धन खासगरी नेकपा एमाले र माओवादी केन्द्र दुवैले रुचाएका पात्र हुन्। ज्ञवाली वरीयतामा अगाडि भए पनि उनी हालको सत्ता गठबन्धनले रूचाएका पात्र होइनन्। मुख्यसचिवमा बढुवा नभए ज्ञवाली आउँदो भदौ २२ गते सेवानिवृत्त हुनेछन्।

दिनेश भट्टराई गृह मन्त्रालयमा छँदा उनको कार्यसम्पादन सन्तोषजनक नभएको सरकारको बुझाइ छ। टेकनारायण पाण्डे भुटानी शरणार्थी प्रकरणमा निलम्बित छन्। मरासिनीविरुद्ध हालै भ्रष्टाचार मुद्दा लागेको र त्यसको फैसला अन्तिम नभएको कारण विवादित भनेर सरकारको छनोटमा नपर्न सक्ने विश्लेषण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भइरहेको छ।

footer