kumari
stcnepal

पत्रकार महासंघको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन

काठमाडौँ । नेपाल पत्रकार महासंघले असार २२ गते हुने भनिएको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ ।

महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा र संस्थागत शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको हो । महासंघको निर्वाचन समितिका सदस्य सचिव भक्तिराम घिमिरेका अनुसार आइतबार साँझ ५ बजेभित्र सार्वजनिक मतदाता नामावलीमा दाबी विरोध गर्नका लागि समय तोकिएको छ ।

महासंघको निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएसँगै विवाद समेत भएको छ । नामावलीलाई लिएर नेपाल प्रेस युनियन, समाजवादी प्रेस सङ्गठनका साथै कतिपय पत्रकारहरूले समेत मनपरी ढङ्गले सदस्यता राख्ने र हटाउने कार्य भएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

footer