kumari
stcnepal

गण्डकी प्रदेशका निलम्बित सांसद देवकोटाको मुद्धा हेर्दाहेर्दैमा

गण्डकी प्रदेशका पदमुक्त सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा गएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा आज पेशी तोकिएको रिट सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

माओवादी केन्द्रले आफूमाथि गरेको कारबाहीको निर्णय बदर गर्न माग गर्दै देवकोटाले दर्ता गरेको रिट न्यायाधीश राउतको १ नम्बर इजलासमा पेशी तोकिएको थियो । तर, पेशी सूचिको चौंथो नम्बरमा रहेको उक्त मुद्दाको सुनुवाई ढिलो शुरु भएकाले बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको बताइएको छ । ‘गोलाकारभित्रको हँसिया हथौडा’ चिन्ह लिएर गोरखाबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका नेता देवकोटाले माओवादी केन्द्र संसदीय दलको ह्वीप उल्लंघन गरी गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । दलको निर्देशन अटेर गरेपछि माओवादीले उनलाई कारवाही गरेको थियो ।

तर, आफू नेपाल समाजवादी पार्टीको नेता भएकाले चुनाव चिन्ह लिँदैमा माओवादीको संसदीय दलको सदस्य नरहने र उसले कारवाही गर्न नपाउने देवकोटाको जिकिर रहँदै आएको छ । सोही दाबी लिएर उनी अदालत पुगेका हुन् । रिटमा प्रदेशसभा सभामुख कृष्ण धिताल, माओवादी केन्द्र गण्डकी प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमानलगायतलाई विपक्षी बनाइएको छ ।

footer