kumari
stcnepal

सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ । निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमान्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कमान्ड जिम्मेवारीभन्दा अन्यत्र सरुवा गरिएको छ । आइतबारको निर्णयअनुसार उनीहरूलाई सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

डीएसपीहरुलाई २०८० असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमान्ड पूर्वानुमान सूचीको आधारमा सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवा गरिएकामध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको ​​जिम्मेवारी पाएका छन् । पूर्वानुमान सूचीअनुसार कमान्ड जिम्मेवारी नपाएका डीएसपी र अन्य डीएसपीहरुलाई आगामी कमान्डका लागि संगठनले नयाँ पूर्वानुमान सूची प्रकाशन गरिने सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।

सशस्त्र प्रहरीले दुई वर्षदेखि निरीक्षकदेखि एसपीसम्म ज्येष्ठता क्रमअनुसार कमान्ड पूर्वानुमान सूची प्रकाशित गरेर सरुवा गर्ने परिपाटी विकास गरेको छ ।

footer