kumari
stcnepal

माधव नेपाल विरुद्ध खनाल र घनश्याम बीच मोर्चाबन्दी

नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा भावी नेतृत्वका लागि नेताहरुको आन्तरिक दौडधुप शुरु भएको छ । खासगरी मुख्य नेतृत्व (अध्यक्ष)का लागि रस्साकस्सी चलेको हो ।

एकीकृत समाजवादीमा हालका अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोरिने तयारीमा छन् । त्यस्तै, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पनि अध्यक्षको आकांक्षी रहेको चर्चा छ । यसैबीच खनाल र भुसालबीच मिलेर जाने सहमति भएको बताइएको छ । आज खनाल निवास डल्लुमा भएको छलफलमा त्यस्तो सहमति जुटेको दाबी गरिएको छ । बताइएअनुसार खनालले भुसाललाई अध्यक्षमा सघाउने सम्भावना छ ।

अध्यक्षका यी दुई दाबेदार एक ठाउँमा उभिए अध्यक्षमा दोहोरिन लागेका नेपाललाई चुनौती हुनसक्ने आंकलन गरिएको छ । यद्यपि एकीकृत समाजवादीमा खनालको त्यति बलियो प्रभाव भने नरहेको बुझिन्छ । एकीकृत समाजवादीले असार १६ देखि २० गतेसम्म काठमाडौँमा १० औँ राष्ट्रिय महाधिवेशन गर्दैछ । एमालेबाट बिद्रोह गरी पार्टी गठन भएको झन्डै ३ वर्षपछि हुन लागेको महाधिवेशनले पदाधिकारीसहित १९९ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

footer