kumari
stcnepal

पार्टीको नेतृत्व सहमतिमा नै टुंष्यियोस् भन्ने कार्यकर्ताहरूको चाहना : माधव नेपाल

काठमाडौ. । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको नेतृत्व सहमतिमा नै टुंष्यियोस् भन्ने कार्यकर्ताहरूको चाहना रहेको बताएका छन् । शनिबार पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उध्यक्ष नेपालले पार्टीका दस्ताबेजहरू जस्तै नेतृत्व पनि सहमतिमा नै टुङ्गिनुपर्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘केन्द्रीय कमिटीमा सबै दस्ताबेजमाथि व्यापक छलफल ग¥यौँ । राजनीतिक प्रतिवेदन, समाजवादी क्रान्तिको कार्यक्रम, संगठात्मक प्रस्ताव र विधान गरी सर्वसम्मत रुपमा चारवटै दस्ताबेज पारित पनि भएका छन्,’ अध्यक्ष नेपालले भने, ‘सहमतिका साथ दस्ताबेज पारित गरियो भन्ने सुनेपछि कार्यकर्ताको उत्साहको लहर सृष्टि भएको छ । अब पार्टीको नेतृत्व पनि सहमतिका साथ टुङ्गो लगाइयोस्, नेताहरू मिलेर अगाडि बढुन् भन्ने चाहना रहेको हामीले सुनिरहेका छौँ ।’

उनले देशमात्र नभएर विश्वको ध्यान आफ्नो पार्टीको दसौँ महाधिवेशनतर्फ आकर्षित भएको बताउँदै भने, ‘नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ भन्ने हामीले अघि बढाइरहेका छौँ । कम्युनिस्ट आन्दोलनमा यो महाधिवेशन कोशेढुंगा बनेर चर्चाको विषय बनिरहेनेछ ।’ नेपाली समाजमा भएका हरेक ठुल्ठुला उथलपुथललाई आफ्नो पार्टीले नेतृत्व गरेको उनको भनाइ छ । घटनाक्रमलाई निर्णायक मोड दिने पार्टी एकीकृत समाजवादी नै भएको उनले बताए ।

अध्यक्ष नेपालले भने, ‘अरूलाई पनि पछिपछि ल्याउन सक्ने गरी हाम्रो पार्टी अघि बढ्दै आएको छ । प्रत्येक चुनौतीको सफलताका साथ सामना गरेका छौँ । हामी कुनै पनि चुनौतीबाट डराउँदैनौँ । समस्या देखेर भाग्दैनौ । हामी अग्रगमनको बाटोमा अगाडि बढ्छौँ ।’

footer