kumari
stcnepal

विभाजनको घाउ आलो भएकै कारणले एमाले आफ्नो पार्टीको महाधिवेशनमा आएन : अध्यक्ष माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी ओली शर्मा ओलीलाई महाधिवेशनमा निमन्त्रणा गर्न लगातार १० पटक फोन गर्दा पनि नलागेको बताएका छन् ।

आइतबार महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विभाजनको घाउ आलो भएकै कारणले एमाले आफ्नो पार्टीको महाधिवेशनमा नआएको हुनसक्ने बताए । ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएँ, त्यो म्यासेज पाएको पनि सूचना पाएको छु’, उनले भने, ‘घाउ आलो भएर नआउनुभएको होला । ’

उनले राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यकता नभएको पनि बताए । एकीकृत समाजवादीको महाधिवेशनमा प्रायः सबै दलका नेता सहभागी भए पनि एमाले र राप्रपाबाट भने कोही सहभागी भएका थिएनन् ।

footer