kumari
stcnepal

सभापति देउवाले एमाले अध्यक्ष सँग भएको भेटबारे पार्टी नेताहरुलाई ब्रिफिङ गरे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्षसँग भएको भेटबारे पार्टी नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले १५ असारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे जानकारी गराएका हुन् । सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको भन्दै उनले भने, ‘अहिले धेरै टिप्पणी नगरौं, हाम्रो सम्बन्ध सुमधुर छ ।’

footer