kumari
stcnepal

प्रचण्ड नेतृत्वको सरकार बाट एमालेका मन्त्रीहरूले राजीनामा दिने

काठमाडौँ । नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठुला दलबिच सहमति भएको थियो । अहिले मन्त्रीहरूले राजीनामा बुझाउन जानेबारे छलफल भइरहेको छ । ‘मन्त्रीहरूले राजीनामा दिनुभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ,’ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले  भने । मन्त्रीहरूको राजीनामासँगै प्रधानमन्त्री प्रचण्डले साँझसम्म मार्गप्रशस्त गर्ने बर्तौलाले आशा व्यक्त गरे ।

 

footer