kumari
stcnepal

रास्वपाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार तत्काल नछाड्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तत्काल नछाड्ने रणनीति बनाएको छ । सत्ताकाे प्रमुख घटक नेकपा एमाले प्रचण्ड सरकारबाट बाहिरिए पनि रास्वपाका मन्त्रीले राजीनामा नदिने भएका हुन् ।

रास्वपा उच्च स्रोतका अनुसार रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई अन्तिमसम्म साथ दिने छ । ‘प्रधानमन्त्रीकाे राजीनामा नआएसम्म हाम्रा मन्त्रीहरूले सरकार छोड्नु हुन्न । नयाँ सरकार बनाउने कुरामा हामी सामेल छैनौँ,” स्रोतले भन्याे । नेपाली कांग्रेससँग मिलेर आफ्नो पार्टीको सरकार बन्ने भएपछि एमाले मन्त्रीहरू भने प्रचण्ड सरकारबाट राजीनामा दिने तयारीमा छन् । रास्वपा उपसभापति डोलप्रसाद अर्यालका अनुसार विकसित राजनीति घटनाक्रमबारे रणनीति बनाउन रास्वपा सचिवालय बैठक जारी छ ।

footer