kumari
stcnepal

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारबारे निर्णय गर्न पार्टीमा छलफल गर्ने

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारबारे निर्णय गर्न पार्टीमा छलफल गर्ने भएको छ । पार्टीले मंगलबार बिहान १० बजे बैठक बोलाएको हो ।

‘हामी अहिले सरकारमा नै छौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कुरा पनि छ,’ पार्टीका उपमहासचिव प्रदीप यादवले भने, ‘१० बजे पार्टीको बैठक बोलाएका छौँ । त्यसपछि थप निर्णय लिन्छौँ ।’ दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयार सुरु गरिएको छ ।

सहमतिसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने एमालेको भनाई छ । यति बेला सबै दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

footer