kumari
stcnepal

एमालेको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने– ‘मुख्यमन्त्रीज्यू यहाँ नभएपछि उहाँसँग टेलिफोन संवाद भयो । साथै समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्री कार्यालयमा दर्ता गराएका छौँ । हाम्रा मन्त्रीहरूले पनि सरकारबाट राजीनामा दिनुभयो ।’ मुख्यमन्त्री दीर्घ सोडारी अहिले काठमाडौँ छन् । उनको अनुपस्थितिमा मुख्यमन्त्री कार्यालयमा पत्र दर्ता गराएको पूर्व मुख्यमन्त्री समेत रहेका नेता रावलले बताए ।
एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसैबिच नेता रावलले मुख्यमन्त्री सोडारीले नैतिक रूपमा पदबाट राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग खुला गर्नुपर्ने बताए ।

footer