kumari
stcnepal

एमाले सरकारबाट बाहिरिएपछिको पहिलो मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । नेकपा एमाले सरकारबाट बाहिरिएपछिको पहिलो मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका ८ मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका थिए । यस्तै बिहीबार एमालेले प्रधानमन्त्री प्रचण्डलाई दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ ।

एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै संसद्का दुई ठुला दल एमाले र नेपाली कांग्रेसबिच केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको स्मरण गराउँदै त्यस्ता निर्णय नगर्न भनेको हो ।

 

footer