kumari
stcnepal

निर्माणाधीन भोटेकोशी जलबिद्युत आयोजनाको ढलान खस्दा २ जना पुरिए, अन्य १० जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकको निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खसेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा रहेको भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिएका छन् भने १० जना घाइते छन् ।

ड्यामतर्फ पानी जाने पट्टीको ढलान एक्कासी खस्दा १० जना घाइते र दुई जनालाई निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकरी दिए ।

एसपी खड्काका अनुसार घाइते १० जनाको बाह्रबिशेस्थित प्राथमिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्था भएकाहरूलाई धुलिखेल वा काठमाडौं पठाउने तयारी भइरहेको छ ।

footer