kumari
stcnepal

सुनसरी र मोरङका दर्जन बढी स्थानमा भारी वर्षा

विराटनगर । आज बिहानै देखि सुनसरी र मोरङका दर्जन बढी स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

‘पछिल्लो ३ घण्टा सुनसरीको चतरा, धरान, इटहरी, मोरङको केराबारी, लेटाङ, हरैचा, बाउने र आसपास भारी वर्षा भएको र थप हुने देखिएको छ,’ मौसम विज्ञान विभागले जनाएको छ । आज सुनसरीको सेउती,सर्दु, सुनसरी खोला र मोरङको बुढी, खेसलिया, लोहन्द्रा खोला, चिसाङ लगायत सुनसरी मोरङ भई बहने साना खोला आकस्मिक बाढी हुन सक्ने विभागले जनाएको छ । आज दिउँसो १२ बजे सम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

footer