kumari
stcnepal

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले पीडितहरुबाट उजुरी संकलन गर्ने म्याद १० दिन थप्यो

काठमाडौं । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले पीडितहरुबाट उजुरी संकलन गर्ने म्याद १० दिन थपेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै १० दिनभित्रसम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन फारम दर्ता गर्न पीडितहरुलाई भनेको छ ।

सूचनामा लेखिएका अनुसार पीडितले भर्नुपर्ने पाँच पृष्ठको निवेदन गृह मन्त्रालयको वेभसाइटमा राखिएको छ । त्यसलाई प्रिन्ट गरेर उक्त फारममा उल्लेख भएका विवरणहरु भरेर जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने छ । आयोगले ‘आफूसँग रहे भएसम्मका त्यस्तो ऋण/कर्जा वा अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौता लगायत लिखतहरुको प्रतिलिपी वा फोटोकपीसमेत राखी निवेदन माग गरेको छ ।

सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानको पहल स्वरुप २०७९ सालमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोग गठन भइसकेपछि प्राप्त उजुरी र आयोग गठन हुनुभन्दा अगाडि उजुरी निवेदनहरु उपर गृह मन्त्रालयको स्वीकृत कार्यविधि र वर्तमान कानुनी व्यवस्था अनुसार कारबाही सुरु गर्ने आयोगले जनाएको छ ।

footer