kumari
stcnepal

नूनमा एमआरपी भन्दा बढी पैसा लिए ३ लाख सम्म जरिवाना हुने

काठमाडौं । आयो नूनको एमआरपीभन्दा धेरै मूल्य लिएर बिक्री गर्ने पसललाई ३ लाखसम्म जरिवाना हुने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना जारी गरेर बजारमा एमआरपीभन्दा धेरै मूल्यमा आयो नून बिक्री भइरहेको गुनासो आएकाले मूल्य धेरै लिएमा ३ लाखसम्म जरिवाना हुने बताएको हो ।

‘साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री भइरहेको आयो नूनमा एमआरपीभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको छ भन्ने गुनासो आएको छ । यस विभागबाट अनुगमन हुँदा काठमाडौं महानगरपालिका- १३ सोल्टीमोडस्थित म्याक्रो मिनी मार्टमा विभिन्न वस्तुको एमआरपीभन्दा बढी मूल्य लिई बिक्री वितरण भइरहेको पाइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा (२) (ठ) बमोजिम अनुचित व्यापारिक कार्य गरेको मानिने र त्यस्तो अनुचित कार्यलाई सोही ऐनको दफा ३८ (ङ) अनुसार कसुर गरेको ठहरिनेछ ।

यस किसिमको कसुर गर्नेउपर सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम २ लाखदेखि ३ लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ’, विभागको सूचनामा उल्लेख छ । केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेशनले नूनको खुद्रा मूल्य २० बाट बढाएर २६ रुपैयाँ प्रतिकेजी बनाएको थियो

footer