kumari
stcnepal

ह्रदयेन्द्र दिए नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन

पूर्वराजा ज्ञानेन्द्र शाहका नाती ह्रदयेन्द्रले नागरिकताको प्रमाणपत्रका लागि आवेदन दिएका छन्। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बंशजको नागरिकता पाउन निवेदन दिएका हुन्। नागरिकताको प्रमाणपत्रका लागि काठमाडौं महानगरपालिका वडा नं ३ ले सिफारिस गरेको छ।

२०५९ साल साउन १४ गते जन्मेका ह्रदयेन्द्रले पूरा नाम ह्रदयेन्द्र वीर विक्रम शाह लेखेका छन्। बुवाको नाम पारस वीर विक्रम शाह र आमाको नाम हिमानी राज्यलक्ष्मी देवी शाह उल्लेख गरेका छन्।

footer