kumari
stcnepal

वर्षाको समयमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने तयारी

काठमाडौँ । सरकारले वर्षाको समयमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ । गृह मन्त्रालयले बाढी, पहिरो लगायतको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन मन्त्रालयले प्रस्ताव गरेको र यस विषयमा सरोकारवालासँग छलफल गर्न लागिएको बताए । उनले यसका लागि यातायात व्यवसायी सहितका सरोकारवालालाई गृहमन्त्रालयमा बोलाइएको भन्दै केहीबेरमा छलफल गरेर आवश्यक निर्णय हुने बताए । ‘हामी छलफलमा छौँ, सरोकारवालासँग बसेपछि सबै विषय टुंगिन्छ’, उनले भने।

उनका अनुसार शुक्रबार ११ बजेका लागि बैठक बोलाइएपनि सरोकारवाला आउने क्रम जारी रहेकाले अब केहीबेरमा सुरु हुनेछ ।

footer