kumari
stcnepal

रात्रिबसका लागि नयाँ नियम, भाडाका गाडीमा टिकट अनिवार्य

काठमाडौँ । सरकारले काठमाडौँ बाहिर जाने र भित्रने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला सहितको बैठकले सो निर्णय गरेको हो ।

यात्रुको लागत राख्न र यात्रुको नामबारे थाहा पाउन सघाउ पुग्ने भएकाले यो नियम लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ । यस्तै सरकारले रात्रि बस सञ्चालन व्यवस्थित बनाउने भएको छ । त्यसका लागि रेड एड्भाइजरी जारी गर्ने र मौसम प्रतिकूल भएका जिल्लामा रात्रकालीन बस चलाउन तीन दिनको मौसम पूर्वानुमान हेरेर सवारी चलाउने गरी निर्णय भएको छ ।

footer