kumari
stcnepal

सेनामा एकै पटक झण्डै २ सय सैनिक अधिकृतको जिम्मेवारीमा हेरफेर

काठमाडौं। नेपाली सेनाले एकै लटमा करिव २ सय सैनिक अधिकृतको जिम्मेवारी अदल बदल गरेको छ ।

सेनाले करिब दुई सय जना अधिकृतको एकमुष्ठ सरुवा गरेको हो । आगामी साउन १ गतेदेखि लागू हुनेगरी जंगी अड्डाको सैनिक सचिव विभागले गत सोमवार अर्थात असार २४ गतेको मितिमा १९९ जनालाई एकै लटमा सरुवा तथा कमाण्ड नियुक्ति गरेको हो ।

विभिन्न गण, तालिम केन्द्र तथा नेपाल क्याभ्लरी कमाण्डमा नियुक्ति हुनेहरुको पहिलो नम्बरमा मनोविज्ञान अध्ययन तथा परामर्श शाखाका प्रमुख सेनानी धिरज थापा रहनुभएको छ । थापालाई देवीदत्त गणको गणपति बनाइएको छ । यस्तै प्रमुख सेनानी ३५ जनालाई सरुवा र जिम्मेवारी हेरफेर गरिएको छ ।

सैनिक मुख्यालयका अनुसार गुल्म कमाण्ड नियुक्तिमा २५ जना सेनानीको सरुवा भएको छ भने सरुवा नियुक्तिमा प्रमुख सेनानी, सहसेनानी र उपसेनानी गरेर १३९ जना रहेका छन । यस्तै २४ नम्बर वाहिनी अड्डाका उपसेनानी (लेखा) प्रवेश खड्कालाई नम्बर २७ वाहिनी अड्डा सरुवा गरिएको छ ।

footer