kumari
stcnepal

नवनियुक्त प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति विद्या भण्डारी निवासमा

काठमाडौं । । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारी निवास चपली पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुगेका हुन् ।

प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार प्रधानमन्त्री ओली सहित चपलीमा एमालेका प्रदेश तथा जिल्ला तहका केही नेता सामेल छन् ।भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिएकी छन् । ‘खासमा पूर्वनिर्धारित सेड्युलमा आउनुभएको हो,’ बज्राचार्यले भने, ‘सन्दर्भ यस्तो पर्‍यो जस्तो देखिन गएको हो ।’

भण्डारी फेरि राजनीतिमा आउने चर्चाबीच यी दुई पूर्वसहकर्मीको भेट भएको हो । ओलीले सोमबार राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनेछन् । सोमबारै करिब पूर्ण आकारको क्याबिनेट बनाउने तयारी रहेको एमाले स्रोतले बताएको छ ।

footer