kumari
stcnepal

एमालेबाट यी सांसदले शपथ लिँदै छन्

काठमाडौँ । सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो गरेको छ । एक नेताका अनुसार एमालेले पाएका आठ मन्त्रालय मध्ये उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले पाउने छन् ।

त्यसै गरी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सूचना तथा सञ्चार देवेन्द्र दाहाल भौतिक योजना मन्त्री बन्ने भएका छन् । शिक्षा मन्त्रालयको जिम्मा विद्या भट्टराईले पाउँदा रक्षा मन्त्रालय मानवीर राई बन्ने भएका छन् । उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् । सचिव योगेश भट्टराई र छविलाल विश्वकर्मा पनि मन्त्री बन्ने सूचीमा रहे पनि अन्तिममा अध्यक्ष ओलीले नाम हेरफेर गरेको बुझिएको छ ।

 

footer