kumari
stcnepal

नवनियुक्त प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको साथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको साथ पाएका छन् ।

मन्त्रीपरिषद गठनकै क्रममा उनले केही साना दललाई समेट्दै आफ्नो पक्षमा दुई तिहाइ सांसद जुटाएका हुन् । प्रधानमन्त्री ओलीले सरकारमा नेपाली कांग्रेसका अतिरिक्त जसपा र लोसपालाई सामेल गराएका छन् । यसैगरी जनमत पार्टीलाई सत्ता गठबन्धनले मधेस सरकारको नेतृत्व दिएर आफ्नै पक्षमा राखेको छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ बहुमतका लागि कम्तीमा १८४ सांसदको समर्थन आवश्यक हुन्छ । अहिलेको गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेसका ८८, नेकपा एमालेका ७९, जसपाका ७, लोसपाका ४ सांसद छन् । यसैगरी जनमत पार्टीको ६ सांसद छन् । यी सबै दलको सांसद योग १८४ हुन्छ । यद्यपि सभामुख मत विभाजन प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

footer