kumari
stcnepal

थप ५ जिल्लामा पारिवारिक इजलास सुरु हुने

काठमाडौं । नयाँ आर्थिक वर्षदेखि मुद्दाको चाप बढी भएका थप ५ जिल्लामा पारिवारिक इजलास सुरु हुने भएको छ ।

सर्वोच्च अदालतले भोलि, १ साउनदेखि मोरङ, धनुषा, कास्की, रुपन्देही र बाँके जिल्लामा पारिवारिक इजलास सुरु गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले मुद्दाको चाप बढी भएका जिल्लालाई छानेर पारिवारिक इजलास सुरु गर्न लागिएको बताए ।

त्यस्तो इजलासले महिलावादी भएका अंश, नाता कायम, घरेलु हिंसा, बालबालिकाको हित, सरोकार र हेरचाह जोडिएका मुद्दा हेर्नेछ । यसअघि २२ असोजदेखि काठमाडौं जिल्ला अदालतमा पारिवारिक इजलास सुरु भएको थियो ।

footer