kumari
stcnepal

नेपाल र गणतन्त्री किरिबाटी बीच कूटनीतिक सम्बन्ध कायम

काठमाडौं । नेपाल र गणतन्त्री किरिबाटी बीच बुधबार कूटनीतिक सम्बन्ध कायम भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८३ पुगेको छ ।

नेपालका तर्फबाट प्रतिनिधि राजदूत लोकबहादुर थापा र गणतन्त्र किरिबाटीका प्रतिनिधि टेबुरो टिटोबीले दुवै राष्ट्रबीच कूटनीति सम्बन्ध कायम गर्न न्युयोर्कमा हस्ताक्षर गरे । साथै, उनीहरुले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई कूटनीतिक सम्बन्ध कायम भएकोबारे जानकारी दिन संयुक्त पत्र पठाउन पनि हस्तारक्ष गरेका छन् । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले कूटनीतिक सम्बन्ध कायम भएसँगै दुवै राष्ट्रबीच द्विपक्षीय सम्बन्ध बलियो बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा आपसी सहकार्य हुने विश्वास लिएको छ ।

किरिबास भनेर चिनिने किरिबाटी मध्य प्रशान्त महासागरको एक टापु देश हो । यो १२ जुलाई १९७९ मा ब्रिटिशबाट स्वतन्त्र भएको थियो । ८११ वर्ग किलोमिटर भएको यो देशको १ लाख २० हजार जनसंख्या छ । ब्रिटिश राज्यबाट स्वतन्त्र भएसँगै १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसंघको सदस्यका रुपमा मान्यता पाएको थियो ।

footer