kumari
stcnepal

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत

काठमाडौँ । कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत भएका छन् । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई शनिबार प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे गत आम निर्वाचनमा सिन्धुली-१ बाट निर्वाचित भएका थिए । यसअघि संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका रमेश लेखक गृहमन्त्री भएपछि देउवाले घिमिरेलाई उक्त जिम्मेवारी दिएका हुन् । घिमिरेले आफूले प्रमुख सचेतकको पत्र पाएको बताए ।

footer