kumari
stcnepal

विद्युत नियमन आयोगको नेपाल विद्युत प्राधिकरणलाई उद्योगहरुको बिजुली जोड्न निर्देशन

काठमाडौँ । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई उद्योगहरुको बिजुली जोड्न निर्देशन दिएको छ ।

आज बसेको आयोगको बैठकले प्राधिकरणलाई उद्योगहरुको विद्युत लाईन जोड्न लिखित निर्देशन दिएको हो । आयोगका अध्यक्ष रामप्रसाद धितालले आज बसेको बैठकले विद्युत लाईन जोड्न निर्देशन दिएको बताए । उनले नियमन आयोगले एक वर्ष पहिला जारी गरेको कानून व्यववस्था कार्यान्वयनका लागि प्राधिकरणलाई निर्देशन दिएको बताए ।

footer