kumari
stcnepal

प्रधानमन्त्री ओलीको विश्वासको मतलाई बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतलाई बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफूलाई दुई तिहाइ मत दिएकोमा प्रतिनिधिसभाका सबै सदस्यहरूलाई धन्यवाद समेत ज्ञापन गरेका हुन् ।

‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ । यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने छु’, ओलीले आइतबार साँझ फेसबुकमा लेखेका छन् । आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिँदा २७५ सदस्यीय प्रतिनिधिसभामा कूल २६३ सांसद मतदानमा सहभागी भए । जसमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गरे । यो वर्तमान संसद्को दुई तिहाइ मत हो । उनको विपक्षमा ७४ मत पर्दा १ सांसद तटस्थ बसेका थिए ।

footer