kumari
stcnepal

पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध

काठमाडौं । चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ ।

आज बिहान पौने पाँच बजेतिर लेदो माटो सहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीका अनुसार बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी छ । सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक-दुई घण्टा लाग्ने अनुमान छ ।बाटो बन्द भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ ।

footer