kumari
stcnepal

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने भएका छन् । बैठकको कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या, बन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् । बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ । सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ ।

त्यस्तै प्रतिमा गौतमले “डेंगीको प्रकोप तीव्र रूपमा देशभरि फैलिई जनस्वास्थ्य सङ्कट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने सङ्ख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकोले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामको लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

footer