kumari
stcnepal

ग्लोबल आईएमई बैंकका ग्राहकलाई इसान अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले इसान बाल तथा महिला अस्पतालले दिने सेवामा १० प्रतशितसम्म छुट पाउने भएका छन् ।बैंकका ग्राहकलाई अस्पतालले दिने सेवामा छुट प्रदान गर्ने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत दिलीप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालको शय्या, डायगोनेस्टिक, ओपीडी एवम् आकस्मिक सेवाहरूमा १० प्रतिशतसम्म छुट पाउने छन् । यी छुटहरू पाउनका लागि बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड एवम् मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) मार्फत भुक्तानी गर्नुपर्ने छ ।

अस्पतालका निर्देशक प्रो.डा. रामनन्दन पी चौधरीले बैंकका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुविधा उचित दरमा उपलब्ध गराउने विषयमा सम्झौता गर्न पाएकोमा खुसी लागेको बताए ।समझौताले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्वित गर्ने उनले स्पष्ट पारे । ग्लोबल आइएमई बैंकका प्रमुख बजार अधिकृत पोखरेलले यस सम्झौताबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास व्यक्त गरे ।

 

footer