kumari
stcnepal

नियमअनुसार नै विधुत बक्यौता उठाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार विद्युत् बक्यौता उठाइने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युत्को बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने उल्लेख गर्नुभएको छ ।‘हामीलाई उद्योगबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कूल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ ।’ प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।

यस विषयमा सरकार र विद्युत् प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद नरहेको पनि ओलीले प्रष्ट पार्नुभएको छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगमा काटिएको विद्युत् लाइन अहिले जोडिएको उहाँले जानकारी दिनुभएको छ ।

footer