kumari
stcnepal

ओलम्पिक खेल उद्घाटन समारोहको केही घन्टा अगाडि फ्रेन्समा हाई स्पीड रेल सेवा अवरुद्ध

काठमाडौं । ओलम्पिक खेल उद्घाटन समारोहको केही घन्टा अगाडि फ्रेन्समा हाई स्पीड रेल सेवा अवरुद्ध भएको छ ।

फ्रान्सिस रेल कम्पनी एसएनतसीएफका अनुसार पेरिसको पश्चिम, उत्तर र पूर्वतर्फ हाई स्पीड लाइनमा क्षति पुर्‍याइएको छ । उसका अनुसार रेल लाइनमा क्षति पुर्‍याउन जानीबुझी आगो लगाइएको छ । कम्पनीले रेल स्टेशनतर्फ नआउन र सम्भव भए केही घन्टाका लागि यात्रा सार्न आग्रह गरेको छ ।

फ्रान्सका यातायातमन्त्री पेट्रिस वग्रीटले घटनालाई आपराधिक कृत्य भनोक छन् र यसको निन्दा गरेका छन् ।खेलमन्त्री एमिली ओडेयाले आम मानिससँगै ओलम्पिकमा भाग लिने आइरहेका खेलाडीहरूलाई समेत असर गर्न आशंका गरे । पेरिस ओलम्किपको शुक्रबार उद्घाटन समारोह छ, जसमा ३ लाखभन्दा बढी मानिस सहभागी हुने अनुमान छ ।

footer