kumari
stcnepal

उच्च र जिल्ला अदालतका गरी ९१ जना न्यायाधीशहरुको सरुवा

काठमाडौं । न्याय परिषदले उच्च र जिल्ला अदालतका गरी ९१ जना न्यायाधीशहरुको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो ।

न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठले एकै कार्यक्षेत्रमा दुई वर्ष बसेकाकाहरुको सरुवा गरिएको बताए । उनका अनुसार उच्च अदालत पाटका न्यायाधीश धीरबहादुर चन्दलाई उच्च अदालत जनकपुर राजविराज इजलासमा पठाइएको छ भने उच्च अदालत विराटनगर, ओखलढुंगा इजलासमा रहेका न्यायाधीश लेखनाथ पौडेललाई उच्च अदालत पाटनमा ल्याइएको छ । उनी उच्च अदालत पाटनमा काजमा थिए ।

यस्तै उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेलाई उच्च अदालत सुर्खेतमा सरूवा गरिएको छ भने उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानलाई भने उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा पठाइएको छ । यस्तै जिल्ला न्यायाधीशहरूको पनि व्‍यापक सरूवा गरिएको छ । मकवानपुर जिल्ला अदालतका न्यायाधीश (काज: सर्वोच्च अदालत) महेन्द्रबहादुर कार्कीलाई काठमाडौं जिल्ला अदालतमा सरूवा गरिएको छ भने डडेल्धुरा जिल्ला अदालतका न्‍यायाधीश (काज: चितवन जिल्ला अदालत) दयाराम ढकाललाई चितवन जिल्ला अदालतमा सरूवा गरिएको छ ।

footer