kumari
stcnepal

पेरिस ओलम्पिक : जापान शिर्ष स्थानमा चीन र अष्ट्रेलियाले पछ्याउँदै

काठमाडौं । पेरिस ओलम्पिकमा मंगलबार सम्मको खेल सकिंदा एसियाली राष्ट्र पदक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ । यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ पदक जितेको छ । जापानलाई एसियाकै चीन अनि अष्ट्रेलियाले पछ्याइरहेको छ । चीनले ६ स्वर्ण, ६ रजत र २ कांस्य गरी १४ पदक जितेको छ । अष्ट्रेलियाले ६ स्वर्ण, चार रजत र एक कांस्यसहित ११ पदक जितेको छ ।

आयोजक फ्रान्सले पनि ५ स्वर्ण जित्दा ४ रजत र एक कांस्य गरी ११ पदक जितेको छ । पाँचौ स्थानमा रहेको दक्षिण कोरियाले ५ स्वर्ण, ५ रजत र ३ कांस्य गरी ११ पदक जितेको छ । ओलम्पिकको सबैभन्दा सफल राष्ट्र अमेरिका भने छैटौं स्थानमा छ । अमेरिकाले ४ स्वर्ण, ११ रजत र १ कांस्यसहित २६ पदक जितेको छ । यस्तै बेलायत ४ स्वर्ण ५ रजत र ३ कांस्यसहित १२ पदक जोडेर सातौं स्थानमा छ ।

इटली ३ स्वर्ण जितेर आठौं स्थानमा छ भने क्यानडा र हङकङ समान २ स्वर्ण जितेर क्रमश: नवौँ र दशौँ स्थानमा छ । विश्वका २०६ राष्ट्रको सहभागी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ राष्ट्रले कम्तीमा एक पदक जितेका छन् । पदक तालिकामा एसियाली राष्ट्रहरु अघि रहँदा दक्षिण एसियाका राष्ट्रहरुको भने कमजोर प्रदर्शन जारी छ । भारतले दुई कांस्य जित्नु बाहेक अन्य दक्षिण एसियाली राष्ट्रले पदक जित्न सकेका छैनन् ।

 

footer