kumari
stcnepal

अदालतमा पल शाह विरुद्ध बलात्कार मुद्दा दर्ता

अभिनेता पल शाह विरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ ।

१६ वर्षीया गायिकाले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाह विरुद्ध अभियोगपत्र दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको हो ।

शाह विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्ष सम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

 

 

 

footer