kumari
stcnepal

घुस लिएर लाइसेन्स दिएको आरोपमा तत्कालीन निमित्त कार्यालय प्रमुख सहित ९ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । घुस लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल सहित ९ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोपमा शर्मा सहित ९ जना विरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृत भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बराल विरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरुले विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तिर्ण र अनुपस्थित परीक्षार्थीलाई पनि उत्तिर्ण गर्ने र उत्तिर्ण भएका परीक्षार्थीलाई अनुत्तिर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्न शर्मालाई सघाएको अख्तियारको आरोप छ ।

२०७६ साउन देखि मंसिर सम्म निमित्त कार्यालय प्रमुखका रुपमा कार्यरत रहेका शर्माले अख्तियार दुरुपयोग गरी लाइसेन्स बाँडेको आरोपपत्रमा उल्लेख छ । उनीहरुले १६८ जना परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको पाइएको अख्तियारको भनाइ छ ।

 

footer