kumari
stcnepal

युवतीको मृत्युपछि आफन्तले बन्द गरेको छिञ्चु बजार र राजमार्ग खुल्यो

सुर्खेत । टिपरको ठक्कर बाट युवतीको मृत्यु भएपछि बन्द गरेको छिञ्चु बजार र सुर्खेत-नेपालगञ्ज सडक खुलेको छ ।

क्षतिपूर्ती र दोषीलाई कारबाहीको विषयमा सहमतिको नजिक पुगेपछि आफन्तले बजार र यातायात खोलेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । ‘जिल्ला प्रहरी कार्यालयमा सबै पक्षबीच छलफल भएको छ, सहमतिको नजिक पुगेपछि उहाँहरूले आन्दोलन फिर्ता लिनुभएको हो,’ प्रजिअ रिजालले भने ।

छिञ्चु बजार सोमबार दिउँसो देखि तनावग्रस्त बनेको थियो। डीएसपी रामप्रसाद घर्तीको टोलीले सडक र बजार खुलाएको हो । चैत ५ गते दिउँसो लेकवेशी नगरपालिका–५ नेटाकी लक्ष्मी पुलामी मगरको टिपरको ठक्कर बाट मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले क्षतिपूर्ति सहित दोषीलाई कारबाहीको माग गर्दै छिञ्चु बजार बन्द गराएका थिए । तर सहमति हुने भएपछि उनीहरुले बजार र सडक खोल्न दिएका हुन् ।

 

 

 

footer