kumari
stcnepal

लेटाङमा महिला प्रहरी जवानको मृत्यु घटनाको छानविन गरिने : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मोरङको लेटाङ नगरपालिका-५ मा आइतबार महिला प्रहरी जवानको मृत्यु हुने गरी भएको घटनाको छानविन गरिने बताएका छन् । उनले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरी माथि आक्रमण भएको घटनामा छानबिन गरिने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता समेत जनाए ।

‘शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरी माथि आक्रमण भएको मोरङको लेटाङ घटनाको जाँचबुझ हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘छानबिनमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध छ ।’ गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्ने क्रममा मृत्यु भएकी महिला प्रहरी जवान श्रेष्ठ प्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

उनले कर्तव्य पालनाको शिलशिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे। घटनामा २९ प्रहरी घाइते भएकोमा हाल ५ जना प्रहरी कोशी अस्पतालमा उपचाररत रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । फागू पूर्णिमाका दिन चैत ४ गते शिक्षा विकास माध्यमिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्रछात्रा र अभिभावकहरू समेतको अनियन्त्रित भिडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो ।

त्यो अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगर स्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठ आन्दोलनकारीको आक्रमण बाट गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

 

 

footer